रामपुर उद्योग वाणिज्य संघको आयोजना, घरेलु तथा साना उद्योग कार्यालय र करदाता सेवा कार्यालय तानसेन पाल्पाको समन्वयमा रामपुर उद्योग वाणिज्य संघको सभाहलमा संचालित दुइ दिने एकिकृत व्यवसाय दर्ता शिविर भव्यताका साथ् सम्पन्न भएको छ। शिविरमा २५० भन्दा बढी सेवाग्राहीले सेवा लिनुभएको छ। कोभिड-१९ को महामारी पछि आएको चरम आर्थिक मन्दीको कारण पेशा व्यावसाय नै ठप्प भएका ४० भन्दा बढी व्यवसायीहरुले शिविर मार्फत आफ्नो पेशा खारेज गर्नु भएको छ।